धनगढी । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको अधिवेशन सुरु भएको छ । समितिको दोस्रो अधिवेशन बिहिबारबाट महेन्द्रनगरमा सुरु भएको हो ।
निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल विशिष्ठ अतिथि रहेका थिए ।
कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका ८४ प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट नयाँ समिति चयन हुने बताईएको छ । उद्घाटन समारोहमा एमाले पोलिटब्युरो सदस्य निरुदेबी पाल, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य गणेश सिह ऐरी लगायतका नेताहरुको सहभागिता रहेको छ ।
प्रदेश उपाध्यक्ष पुष्पा अवस्थीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन प्रदेश महासचिव महादेब जोशीले गरेका थिए ।