धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मा रहेको ग्वासी समैजी देवस्थल मालुवेलामा मेला (जात) लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल सप्तमीका दिन लाग्ने मेला यस वर्ष पनि माघ २२ गते लाग्ने स्थानीय जीवन राज भट्टले बताए ।
ग्वासी समैजीमा लाग्ने मेला अघि माघ शुक्ल पञ्चमीका दिन (माघ २० गते) ग्वासी समैजीको मूल धाम रहेको गोदावरी नगरपालिका – १२ बड्डीमछेली (कुमीझाल) मा मेला लाग्ने बताए । त्यसको भोलिपल्ट माघ २१ गते राती रतेडी भई माघ २२ गते मालुबेलामा रहेको ग्वासी समैजी देवस्थलमा मेला लाग्ने उनले बताए ।