धनगढी: अछाममा २ किशोरी मृत्यु प्रकरणमा प्रहरीले कर्तब्य ज्यान मुद्धा दर्ता गरेर अनुसन्धान थालेको छ । शुक्रबार जिल्लाको ढकारी गाउँपालिका–१ को जङ्गलमा १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का मृत फेला परेपछि प्रहरीले दुई जना बिरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरी अनुसन्धान अघी बढाएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोली अनुसन्धानका लागि अछाम पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मङ्गलवार २ जना विरुद्धमा मुद्दा दर्ता गरेर थप अनुसन्धा अघी बढेको छ । प्रहरीका अनुसार केही ब्यक्ती पक्राउ गरी उनिहरु बिरुद्ध कर्तब्य ज्यान मुद्धामख थप अनुसन्धान अघी बढेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दसमेत अछाममा छन् । चन्दले घटनाबारे अनुसन्धानमा भएको प्रगति र प्राविधिक पक्षको विश्लेषण गरेका छन। प्रहरीले किशोरी मृत भेटिएको घटनामा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ । मृतक किशोरीसँगै गोठालो गएका २० वर्षमुनीका किशोरविरुद्ध मृतकका हजुरबा अबि खड्काले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए । दुवै किशोरीको बुधवार अन्त्येष्टि समेत गरिएको छ ।
प्रहरीले शव परीक्षणको रिपोट प्राप्त नभएको जनाएको छ । रगतसहितका केही नमुना विस्तृत परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।