धनगढी: माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीको केन्द्रिय उपाध्यक्षमा कैलालीका उमेस कडेँल निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनाबाट कडेँल उपाध्यक्षमा निर्वाचित भएका हुन् । लामो समय कम्युनिस्ट बिद्यार्थी राजनितिमा सक्रिय कडेँल कैलालीको गौरिगगां नगरपालिकाका स्थाई बासिन्दा हुन् । क्रान्तीकारीको केन्द्रिय उपाध्यक्ष निर्वाचित भए सगैं कडेँलले यो आफ्नो मात्रै नभई देशभरीका क्रान्तीकारी बिद्यार्थीहरुको जित भएको बताएका छन् ।
सुदुरपश्चिमबाट खुला उपाध्यक्ष लडेर चुनाव जित्नु इतिहासमै पहिलो पटक हो कडेँलले भने “प्रत्यक्ष निर्वाचन लडेर उपाध्यक्ष जितेको सुदुरपश्चिमबाट पहिलो हो, जहिलेपनि सुदुरपश्चिमले कोटाको मात्रै पद लिएर बस्नुपर्ने अवस्थालाई चिर्दैै उपाध्यक्षमा निर्वाचित भएको छु, यहाँहरुको सल्लाह सुझाव लिएर अघी बढ्ने छु ।”
क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका थिए । सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए । सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ । तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो ।
असोज १० देखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको निर्वाचन चार महिनापछि सम्पन्न भएको छ । पुस १३ मा भएको उमेरहद खुला पक्षधर पराजित भएपछि ३२ वर्ष मुनिबाट आगामी २ वर्षका लागि संगठनको नेतृत्व हाँक्ने जिम्मेवारी सापकोटाको काँधमा आएको छ ।