धनगढी । सुदूरपहाडका धार्मिक तथा पर्यटकीय स्थलहरूमा चौथो पटक हेलिकोप्टरबाट भ्रमणको सुविधा दिइएको छ। डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्कासहितको समूहले चौथो पटक बडीमालिका, खप्तड र रामारोशनसम्म हेलिकोप्टरमार्फत भ्रमणको सुविधा दिएका हुन्।
अछामको साँफेबाट उनीहरूले तीन दिनमा ५० जनालाई बडीमालिका लगेका छन्। माघको महिना भएकाले बडीमालिका दर्शन गर्ने वृद्ध र वृद्धाहरूको सङ्ख्या धेरै रहेको छ। पर्यटन व्यवसायी दीपकबहादुर खण्डकाले ५० जना बडीमालिका र पाँच जा खप्तड पुगेका बताए।
बडीमालिका, खप्तड र रामारोशनका लागि हेलिटुरको सुविधा छ। माघ ११ गतेबाट सुरु भएको हेलिटुरमा ५० जनाले बडीमालिकाको दर्शन गरेका छन्। माघको महिना भएकाले बडीमालिकाको दर्शन गर्नेहरूको सङ्ख्या धेरै छ।
खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सको व्यवस्थापन तथा साँफेबगर महोत्सव २०८१ को अवसरमा लायन्स क्लव अफ साँफेवगरको आयोनामा फागुन ११ देखि पर्यटकहरूको माग अनुसार हेलिटुर सञ्चालन गरिएको हो। विगतका वर्षहरू जस्तै यस वर्ष पनि हिउँदे सिजनमा पर्यटक भित्र्याउन हेलिटुर सुरु गरिएको हो। हिमपात भएको समयमा पर्यटकको आवागमन शून्य जस्तै हुने भएकाले खप्तड बडीमालिका क्षेत्रमा पर्यटकको चहलपहल बढाउन हेलिटुर सुरु गरिएको छ। २ सय जनालाई हेलिकोप्टरमा यात्रा गराउने लक्ष्य राखिएको छ ।
साँफेबगरबाट खप्तड प्रतिव्यक्ति २२ हजार र बडीमालिका र रामारोशनमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिन्छ।