बैतडी–मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बैतडीका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –२ का २१ बर्षीय विनोद महराको उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा आइतबार साँझ साढेसात बजे मृत्यु भएको बताइएको छ ।
महराले चलाएको सुपप्र ०१–०१२ प २२३६ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर शुक्रबार राति साढे १० बजे धनगढी उपमहानगरपालिका –१ स्थित छ लेन सडकमा दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडी सवार बैतडीको दशरथचन्द नगरपालिका ७ का २० बर्षीय केशव शर्मा पनि उक्त दुर्घटनामा घाइते भएका छन् । शर्माको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
शर्माको उपचारमा आर्थिक अभाव भएकाले सहयोग गरिदिन अपिल गरिएको छ ।