धनगढी । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका- १ बस्ने १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् । उनीहरू चारै जनाले २२ मंसिरमा किशोरीमाथि सामूहिक बलात्कार गरेपनि ढिलोगरि प्रहरीलाई खबर आएको हो ।
उनीहरूविरूद्व जबरजस्तीकरणी शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।