काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा जारी जवाफी बहस सकिएको छ । रास्वपा सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिएलगत्तै जवाफी बहस भएको हो । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो । दुवै तर्फको बहस सकिएपछि न्यायाधीश योगी आदेशको तयारीमा लागेका छन् ।
उनले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाई गर्ने भन्ने आजै आदेश दिन सक्ने अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । बहस सकिएको हुँदा आजै आदेश हुन सक्ने उनले बताए ।