धनगढी: अछाममा नयाँ प्रबिधि सहितको इट्टा उद्योग सञ्चालनमा आएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर३ मा यात्रा इकोब्रिक्स एण्ड टाइल्सले उक्त उद्योग बिहीबारदेखि सञ्चालनमा ल्याएको हो। नयाँ प्रविधि अनुसार इटा उत्पादन गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा ल्याइएको जनाइएको छ। इटा उत्पादन गर्दा वातावरण मैत्री पनि रहेको कम्पनीको दाबी छ। उद्योगको उद्घाटन साँफे नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले उद्घाटन गरेका हुन् ।
इटा उत्पादन गर्दा धुवाँको प्रदूषण शून्य प्रतिशत रहेको उद्योगका सञ्चालक संगीत कुँवरले बताए। उनका अनुसार इटा उत्पादन गर्दा पहिलाको इटाजस्तो ४५ दिनसम्म १ इटा बनाउन लाग्छ तर नयाँ प्रविधिले यस कम्पनीको इटा १५ दिन भित्र बिक्रीवितरण गर्न सकिन्छ । यस इटाको साइज पनि ठूलो, फिनिसिङ पनि एकनासको रहेको र पलास्टर पनि गर्नु नपर्ने रहेको उनको भनाइ छ।
‘यस्तो प्रकारको उद्योग सुदूरपश्चिम प्रदेशको पहिलो हो,’ सञ्चालक कुँवरले भने, ‘यो उद्योगले २० जनालाई रोजगार दिएक दिरहेको छ। हामीले इटा बनाउने क्रममा रातो माटो ९० प्रतिशत, ओपिसी सिमेन्ट ९.८ प्रतिशत प्रतिशत प्रयोग गर्छौं।’ उनका अनुसार हाइड्रोलिक प्रेस गरेर ईटा तयार गरिन्छ । उक्त इटाक आयु ५० वर्षभन्दा माथि रहेको दाबी गरिएको छ। इटा १२ महिना नै उत्पादन गरिने सञ्चालक कुँवरले बताए।