धनगढी । प्रेस चौतारी नेपाल कैलालीको नयाँ कमिटि गठन गरिएको छ । शुक्रबार ८औ अधिवेशनले नयाँ कमिटि गठन गरेको हो । अधिवेशनले जनक बिष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । बिष्टको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा लोकु सिँ ठकुरी, महिला उपाध्यक्षमा निर्मला कुमारी शाही, सचिवमा दिनेश बिष्ट, सहसचिवमा धुर्व ओझा, समावेशी सहसचिवमा भूपेन्द्र बि।क र कोषाध्यक्षमा जीवन बिष्ट चयन भएका छन ।
यस्तै अधिवेशनले टेक सिँ धामी, पूर्ण बहादुर साउँद, दिनेश राना, भरत रिमाल, मनिसा भुल, सिद्धराज अधिकारी, नरेश नाथ योगी, भावना भण्डारी र भुमेश्वरी रानालाई सदस्यमा चयन गरेको छ ।
त्यतिमात्रै नभई अधिवेशनले प्रदेश प्रतिनिधिमा कमल साउँद, गीता चौधरी, भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा र सुशिल ढुंगानालाई चयन गरेको छ भने केन्द्रिय प्रतिनिधिमा ईन्द्रा कुमारी केसी, भोजराज जोशी, हेमन्त पौडेल र एकेन्द्र तिमल्सीनालाई चयन गरेको छ ।