धनगढी । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज शुक्रबार ब्रेक थ्रु कार्यक्रममा उनले यस्तो बताउका हुन् । उपप्रधानमन्त्री सिंहले सुरूङ मार्गको ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको बताउनुभयो । राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाई छ ।
योजनाहरू राम्रो भएपनि राजनीति स्थीरता नहुँदा काम समयमा नसकिने र काममा व्यबधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार कांग्रेस ,एमाले र अरू साना दल मिलेर सरकार बनेको छ, । उपप्रधानमन्त्री सिंहले दुई ठुला दल नमिलि राजनीति स्थायित्व दिन सम्भव नभएको कारणले गर्दा राष्ट्रिय आवश्यक्ता अनुसार अहिले संयुक्त सरकार बनेको छ । उपप्रधानमन्त्री सिंहले विकास निर्माणको काममा जनताको सहभागिता र स्विकार्यता आवश्यक पर्नेमा पनि जोड दिए । यसअघिका सरकारले गरेन नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने पनि सिंहले बताए ।