धनगढी: भौगोलिक हिसाबले ठुलो तर आन्तरिक आम्दानीमा पछाडी रहेको कञ्चनपुरको कृष्णपुर नगरपालिकाले थोरै लगानीमा प्रतिफल देखिने योजना अगाडी सारेको छ । भुगोलमा ठुलो रहेको कृष्णपुर नगरपालिकाले प्रत्येक नागरिकसम्म बिकासको अनुभुती गराउन सडक पानी पिच अभियानलाई निरन्तरता दिएको छ । प्रत्येक बर्ष एक वडामा ५ किलोमिटर पानि पिच गर्ने अभियानलाई निरन्तरता दिएको नगरपालिकाले यस बर्ष ४५ किलोमिटर सडक पानी पिच गर्ने छ ।
कञ्चनपुरको कान्छो स्थानिय तह कृष्णपुर नगरपालिका हो । बालुवा, गिट्टी बाहेक राजश्व उठाउने अन्य कुनै श्रोत नभएको कृष्णपुर नगरपालिकामा सघं र प्रदेश सरकारबाट आउने अनुदानपनि न्युन छ । न्युन बजेटका कारण जनअपेक्षा पुरा गर्न नसकिरहेका बेला नगरपालिकाले थोरै लगानीमा राम्रो उपलब्धी दिने कार्यक्रम शुरु गरेको हो । गत बर्ष ४५ किलोमिटर भन्दा बढी पानी पिच गरेको कृष्णपुर नगरपालिकाले यस बर्षपनि गत बर्ष बराबरनै पानी पिच गर्ने लक्ष लिएको छ । चुरे पहाड सित समेत जोडिएको कृष्णपुर नगरपालिका ४ बाट यस बर्षको पानीपिच अभियान शुरु गरिएको छ । यहाँ २५ प्रतिशत पनि सडक कालोपत्रे गर्न सकिएको छैन । स्थानिय तहको बजेटले कालोपत्रे गर्न नसकिने हुँदा पानि पिचले नागरिकका समस्या केही हदसम्म सम्बोधन गरेको वडा नम्बर ४ का अध्यक्ष धर्म बहादुर सिहंले बताए । उनले नगरको खर्च बढी र उपलब्धी कम देखिन थालेपछि आवश्यक उपकरण खरिद गरेको बताए । हामीले यि उपकरणबाट जनतालाई सहज सडक मार्ग बनाउन खोजिरहेका छौँ उनले भने “यि उपकरणको सदुपयोग गरेर थोरै बजेटमा भएपनि जनतालाई धेरै सेवा दिन खोजिरहेका छौँ, पक्कै यो पानीपिचले यहाँका नागरिकको दैनिकि परिवर्तन हुने छ ।”
कृष्णपुर नगरपालिकाले आफ्नै भ्याकु, लोडर, ग्रेडर र टिप्पर खरिद गरी हरेक वडामा पानी पिच र ग्राभेल अभियानलाई तिब्रता दिएको छ । आफ्नै श्रोत साधन भएपछि थोरै लगानीमा बिकासका काम अगाडी बढिरहेका छन् । यसले स्थानिय बिकासमा हुने आर्थिक अनियमितता पनि केही हदसम्म रोकिएको नगरपालिकाको दावी छ । नगरपालिकाको वडा नम्बर ४ बाट शुरु भएको पानी पिच अभियान ९ वटै वडामा पुग्ने छ । कम्तिमा ५ किलोमिटर पानी पिच अभियानलाई प्रत्येक बर्ष कार्यक्रममै राखेर कार्यान्वयन गरिरहेको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले बताए । हामीले हरेक सडक पिच त बनाउा सक्दैनौँ, न हाम्रो बजेट बढी छ न आम्दानीनै नगर प्रमुख हेमराज ओझाले भने “अब जनताका समस्या समाधान त गर्नै पर्छ, बिगतमा गरिने पानीपिच र ग्राभेलको बजेट बालुवामा पानी हालेझैँ भइरहेको थिये, किन भने उपभोक्ता समितिबाट पानीपिच गरिने, अधिकाशं क्षेत्रमा मापदण्ड बिपरित भएको पनि पाइयो, त्यो एक बर्षपनि नटिक्ने, अर्को बर्ष फेरी त्यही सडकमा बजेट हाल्नुपर्ने स्थितीको अन्त्य गर्न नगरपालिका आफैले आवश्यक, लोडर, ग्रेडर, भ्याकु, टिप्परहरु खरिद गरेका थियौँ, त्यसपछि वडामा पठाइएको बजेटबाट पानीपिच गरिरहेका छौँ, अहिले गाडीको इन्धन, ग्राभेलको रोयल्टी र मजदुरको पारिश्रमिक मात्रै दिनु परेको छ ।” पहिलाको तुलनामा निकै कम खर्च भइरहेको ओझाले बताए । अहिले खर्चपनि कम छ, थोरै बजेटमा धेरै पानीपिच गर्न पाइएको छ ओझाले भने “र सडक बिग्रेको ठाउँमा मर्मतका लागी आफ्नै उपकरणहरु छन्, तिनलै मर्मत गर्दै जान्छ, हामीले बर्षै प्रत्येक एउटै बाटोमा बजेट खन्याइ राख्नु पर्दैन, बजेटको सदुपयोग गर्दै धेरै सेवा दिन खोजिएको हो, हाम्रो लक्ष आफ्नो कार्यकाल भित्र केही सडक पिच र सबै सडक पानीपिच गर्ने हो ।”
बिगतमा कच्ची बाटोको यात्रा गर्दै बजार धाउनुपर्ने स्थानिय हरुलाई ग्राभेल तथा पानी पिचले केही राहत पुगेको छ । घर आगनसम्म पानी पिच भएपनि बर्षातका बेला आवतजावतमा निकै सहज भएको छ । बिद्यार्थीहरुलाई बिद्यालय जान देखी सामान्य काममा समेत पानी पिच अभियान नागरिकका हरेक काममा सहज बनेको छ । पालिकाले पानी पिच गरेसगैं कालोपत्रेका लागी प्रदेश र सघिंय सरकारको स्थानियहरुले ध्यानाकर्षण गराएका छन् ।
थोरै बजेट रहेको भन्दै कनिका छरेझैँ ग्राभेलमा बर्षभरी बजेट सिद्याउने स्थानिय तहहरुका लागी कृष्णपुर नगरपालिका समानुपातिक बिकासको उदाहरण बनेको छ । सिमित श्रोत साधनको उच्चतम प्रयोग गर्दै जनतालाई बिकासको अनुभुती गराउन सकिन्छ भन्ने कृष्णपुरले शन्देस दिएको छ । यसरीनै सबै स्थानिय तहले श्रोत साधनको सदुपयोग गर्दै बिकासको अवधारणा ल्याए नागरिकमा केही आश जाग्ने थियो ।