धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र अवस्थामा सुधार ल्याउन निर्वतमान तथा पूर्व मुख्यमन्त्री र सभामुखसँग छलफल गरेका छन्। मङ्गलबार धनगढीमा भएको भेटघाटमा प्रदेश सभा कसरी निरन्तर सञ्चालन गर्ने, सुदूरपश्चिमको विकास र समृद्धीमा के, कसरी काम गर्न सकिन्छ भन्नेमा छलफल गरिएको मुख्यमन्त्री शाहले बताए ।
छलफलमा निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, ०७४ को पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्ट र हालका प्रदेश सभाका सभामुख भीमहादुर भण्डारीको उपस्थिति रहेको थियो । यस्ता खालका बैठक नियमित रुपमा गरिने मुख्यमन्त्री शाहले बताए ।