कैलाली । माघ १९ गतेदेखि धनगढीमा सुरु हुने अर्जुन ट्रफी प्रतियोगिताको लागि घोडाघोडी ११ले शेर मल्लको कप्तानीमा टोली घोषणा गरेको छ । मल्लको कप्तानीमा विभिन्न लिग तथा प्रतियोगिताको अनुभव सँगाली सकेका खेलाडीलाई समावेश गर्दै टोली घोषणा गरेको अध्यक्ष रमेश आचार्यले जानकारी दिए । घोडाघोडी क्रिकेट एकेडेमीकातर्फबाट फ्रेन्चाइज टोलीको रूपमा घोडाघोडी ११ सुखड अर्जुन ट्रफीमा सहभागी हुन लागेको हो ।
जसमा कप्तान शेर मल्ल, अशोक धामी, नरेन साउद, नरेश सार्की, धर्मराज जोशी, भूपेस जोशी, टेक रावत, आयुव चन्द, विपिन विक्रम शाही, दीपक टमाटा, दिनेस रावत, योगेश भाट, सौर्य श्रेष्ठ, सुदान्सु रावल रहेका छन् । जसको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र क्षेत्री रहेका छन् भने टोली व्यवस्थापकको भूमिकामा धर्मराज जोशी रहने अध्यक्ष आचार्यले जानकारी दिए । अध्यक्ष आचार्यका अनुसार टोलीको बन्द प्रशिक्षण माघ १० गतेदेखि धनगढीको कबर्ड हलमा सुरु हुने छ ।
क्रिकेट खेलाडी तथा प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफी विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी हात पार्नेछ भने उपविजेताले पनि ५ लाख सहित ट्रफी प्राप्त गर्ने बताइएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १ लाख प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०्५० हजार पाउनेछअर्जुन ट्रफीको लागि मल्लको कप्तानीमा घोडाघोडी ११ को घोषणान् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर ९सीईसी० काठमाडौँ, फेण्ड्स यूथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यु होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वेष्टन क्रिकेट झापाको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीमा ए श्रेणीका चार जना, बी श्रेणीका पाँच जना र बाँकी सी श्रेणीका गरी १४ खेलाडी समावेश गर्न पाइने प्रावधान रहेको छ ।
ए श्रेणीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् भने बी श्रेणीमा नेपाली राष्ट्रिय टोली ए, यु–१९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी श्रेणीमा यु–१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहेका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० को वार्षिक क्यालेन्डरमा समावेश अर्जुन ट्रफी गो ड्रिमर्सको आयोजनामा यही माघ १९ गतेदेखि २८ गते ९फेब्रुअरी १ देखि १०० सम्म हुन लागेको हो ।