बाजुरा: बाजुराको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयले यहाँका बालबालिकाको पढाइमा सुधार ल्याउन थप निःशुल्क कक्षा सञ्चालनमा ल्याएको छ। जिल्लाको दुर्गम गाउँ बस्तीमा रहेको यस विद्यालयको गत आइतबार बसेको शिक्षक अभिभावक सङ्घको आम भेलाले यहाँका बालबालिकाको पढाइमा सुधार ल्याउन थप निशुल्क कक्षा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
विद्यालयमा प्राय जनजाती ९भोटे समुदायका० अनाथ विपन्न बालबालिकाहरु पढ्ने भएकोले उनीहरुको शैक्षिक अवस्थामा सुधार गर्नका विद्यालयममा थप निःशुल्क कक्षा सञ्चालन ल्याउने निर्णय गरेपछि आजबाट थप निशुल्क कक्षा सञ्चालनमा ल्याएको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयले जनाएको छ ।
बाजुरामा उच्च स्थानमा केही दिन अगाडि निकै हिमपात परेको छ । यहाँका उच्च भूभागमा अहिले पनि बाक्लो हिमपात छ । त्यो हिउँ अहिलेसम्म बिलाएको छैन । यही हिउँको चिसोका कारण यहाँका स्थानीयलाई दैनिक कामकाजका लागि घरबाहिर आउजाउ गर्न निकै समस्या छ । बालबालिकाहरुको पढाइमा परिवर्तन ल्याउनका लागि हामीले चिसोको परवाह नगरी यसै हिउँमाथि आम भेला बसालेर निर्णय गरेपछि विद्यालयले आजबाट थप निःशुल्क कक्षा सञ्चालनमा आएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष टक्क थापाले बताए ।