धनगढी: गृहमन्त्री रमेश लेखकले वर्तमान (कांग्रेस–एमाले गठबन्धन) सरकार आगामी ०८४को निर्वाचनसम्मै रहने बताएका छन् । आइतबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले ०८४ सम्मै यही गठबन्धन रहने बताएका हुन् । कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखकले दुई पार्टीबिचमा भएको सातबुँदे सहमतीयअनुरूप सरकार चलिरहेको बताउँदै सरकारमा कुनै बाधा, अवरोध, असन्तुष्टि नभएको दाबी गरेका छन् । ‘सरकार अघि बढिरहेको छ, सातबुँदे सहमति दुवै पार्टीले पालना गरेका छौँ, पहिलो १८ महिना एमाले अध्यक्ष केपी ओलीजीले र दोस्रो १८ महिनाको सरकार नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाजीले गर्ने गरेर अघि बढेका छौँ ।’
अध्यादेश जारी गरेपछि केही प्रक्रियाका विषयमा प्रश्न उठे पनि सरकारले चाँडै संसद् अधिवेशन बोलाउने बताए । गृहमन्त्री लेखकले विपिन जोशीको रिहाइका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउँदै आफूले पनि पहल गरेको बताए । नक्कली भुटानी शरणार्थी, गिरीबन्धु टी इस्टेटसहितका सबै काण्डमा मानिसको मुख नहेरी तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढेको बताए । सहकारी काण्डमा सत्ताधारीका नेता–कार्यकर्ताहरू बचाउने, विपक्षमा खोजीखोजी कारबाही किन रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले तथ्य र प्रमाणमा आधारमा जोसुकैमाथि अनुसन्धान अघि बढिरहेको दाबी गरेका छन् । गृहमन्त्री लेखकले ६ वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला काण्डको अनुसन्धान अघि बढेको बताए ।
महाकाली चारलेन पुल त्रिदेशीय नाका बनाउनेमा जोड दिँदै चारलेन पुल पहुँचमार्ग गड्डाचौकीमा आएको अवरोधबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए । यसैबिच आइतबारै सरकारी अतिक्रमित जमिन फिर्ता ल्याउनुपर्ने माग अघि सारेर संघर्ष गर्दै आएका युवा विद्यार्थीले गृहमन्त्री लेखकलाई भेटेर भीमदत्त नगर विकास समितिको अतिक्रमण कहिले हट्छ रु भन्ने प्रश्नमा गृहमन्त्री लेखकले यस्तो नभएको र अतिक्रमित सरकारी जमिन खाली गराउने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।