धनगढी: कैलालीको गोदावरी नगरपालिका-५ बाट लागू औषध सहित एक युवक पक्राउ परेका छ्न । शुक्रबार प्रहरी अपराध अनुसन्धान समूहले मेडिकल कलेज नजिक छापा हानेर ३३ वर्षीय ओकेन्द्र चौधरीलाई पक्राउ गरेको हो।
प्रहरीले चौधरीको शरीरमा जाँच गर्दा नाकको प्वालमा लुकाइ राखेको १ ग्राम ३४० मिलीग्राम लागू औषध (हेरोइन) फेला पारेको छ। चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।