धनगढी: धनगढीस्थित राष्ट्र बैंक नजिकै रहेको लोटस क्याफेले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेको छ।
शुक्रबार क्याफेका सञ्चालक टंक कठायतले धनगढी-१३ मा रहेको दृष्टि फाउन्डेसनमा पुगेर १६ हजार रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरे। उनले क्याफेले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई सहयोग गर्दै आएको जानकारी दिए।
छैटौं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ। अर्का सञ्चालक खेमनाथ योगीका अनुसार, ग्राहकहरूलाई खानाका सबै परिकारमा २० प्रतिशत छुट प्रदान गरिएको छ भने लाइभ म्युजिक कार्यक्रमको समेत आयोजना गरिएको छ।
लोटस क्याफेले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोडेर समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ।