धनगढी: चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले यही माघ १५ देखि २२ गतेसम्म त्रिवेणी महोत्सवको आयोजना गर्ने भएको छ ।
शिक्षा,कृषि, संस्कृति तथा जलमार्गको सम्भावना ः सेती, कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो चहना भन्ने मूल नाराका साथ चौथो पटक उक्त महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्थाले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालका अध्यक्ष वीरेन्द्रबहादुर रावलले महोत्सवले मोहन्याल गाउँपालिकामा पर्ने भेरी, कर्णाली र सेतीको संगम रहेको त्रिवेणी घाट, राजकाँडामा रहेको धुलिखेल, मालिका मन्दिर, कर्णालीका स्वच्छ माछा, र्याफ्टिङ तथा जलमार्गको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन मद्दत मिल्ने बताए ।
महोत्सव आयोजनाबाट सो क्षेत्रको शिक्षा, पर्यटन,कृषि, आर्थिक, धार्मिक, साँस्कृतिक एवम् समाजिक विकासका साथै सुदूरपश्चिमको पर्यटनको सम्भावनालाई थप उजागर गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
महोत्सवले सो क्षेत्रमा एउटा शव बहान र एम्बुलेन्स सञ्चालनका लागि सम्बन्धित निकायलाई दवाब सृर्जना गर्नुका साथै शैक्षिक संस्थामा इको क्लब निर्माण गरी वातावरण संरक्षणका गतिविधिहरु अघि बढाउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष रावलको भनाइ छ ।
महोत्सवमा व्यापार व्यवसाय सञ्चालनका लागि स्टकल बुकिङको काम सुरु भइसकेको बताउँदै अध्यक्ष रावलले महोत्सव सञ्चालनका लागि २५ लाख रकम खर्च हुने अनुमान गरिएको बताए । महोत्सवमा एकसय स्टल रहने छन् ।
चौथो त्रिवेणी महोत्सव यही माघ १५ देखि सञ्चालन हुने
चौथो त्रिवेणी महोत्सव यही माघ १५ देखि सञ्चालन हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु