बैतडी: शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञले दुई नगरपालिकाका ३३ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको काम सकेर स्थानीय तहलाई प्रतिवेदन बुझाएको छ । परीक्षण केन्द्रले पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाको काम पूरा गरेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा दशरथचन्दको भन्दा तुलनात्मक रूपमा पाटनका विद्यालयको शैक्षिक गुणस्तर राम्रो देखिएको छ ।
पाँच विज्ञले एक महिना लगाएर तयार गरेको प्रतिवेदनमा दशरथचन्द नगरपालिकाभन्दा पाटन नगरपलिकाका विद्यालय शैक्षिक गुणस्तरमा अगाडि देखिएको छ । दशरथचन्दका १९ वटा माध्यमिक विद्याललयले ४३ प्रतिशतदेखि ६७ प्रतिशतसम्म अङ्क प्राप्त गरेर सामान्यस्तर कायम गरेका छन् भने पाटन नगरपालिकाका १४ वटा विद्यालय ५४ प्रतिशतदेखि ८२.८३ प्रतिशतसम्म अङ्क प्राप्त गरेर मध्यमस्तरसम्म पुगेका छन् ।