धनगढी । सरकारले कैलालीको गोदावरी नगरपालिका – ७ र ८ मा रहेको हरैया विशेष आर्थिक क्षेत्र ९सेज० लाई सार्वजनिक निजी क्षेत्र बिच साझेदारी ९पीपीपी० मोडेलबाट सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सेज क्षेत्रको अवलोकन गर्दै प्रारम्भिक काम सकेर पीपीपी मोडेलमा सञ्चालन गरिने बताएका हुन ।
‘प्रारम्भिक काम सकियो भने चाडै हामी यो लाई पीपीपी मोडलबारे सुरु गर्छौ । ता कि सुदूरपश्चिमका लागानीकर्ताहरुले हाम्रो तोकिएको सीमा क्षेत्र भित्रका ब्लकहरूमा सेजको डिजाइनमा गरिएको डिपीआर अनुसार ब्लक बनाउन सकोस्’ उनले भने ‘त्यो ब्लकलाई भोलि औद्योगिक विकासका लागि क्रमशः भाडामा दिन सकोस् । त्यसको मुनाफा लगानीकर्ताले लान सकोस् ।’
उनले सरकारको बजेट मात्रै पर्खिएर नहुने बताए । उनले भने ‘त्यसैले हामी यतीखेर सरकारको बजेटलाई पर्खिनुभन्दा पनि निजी क्षेत्रको बजेट, बाह्य लगानी, आन्तरिक लगानीबाट पनि अहिलेका पूर्वाधारलाई पनि प्राथमिकतामा राख्ने गरी सरकारले योजना अगाडि बढाएको छ ।’
विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छत्र कटुवालले इआइएका लागि कागजात वन विभागमा पठाइएकाले स्वीकृत हुने बित्तिकै काम अगाडि बढाइने बताए । उनले सेजको डिपीआर निर्माणका क्रममा रहेको बताए ।
हरैयामा सेज निर्माणका लागि केही दिनमै सम्बन्धित सरोकारवाहरु सँग छलफल गर्ने तयारी पनि सरकारले गरेको जनाइएको छ ।
हरैया विशेष आर्थिक क्षेत्र ९०० बिघा क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा काम अगाडि बढाउने भन्दै ५ वर्ष अघि २०७६ मा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि अवलोकन गरेका थिए ।