धनगढी: धनगढी स्थित नोभा अस्पताल प्रा.लीको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कञ्चनपुरको द्धिनाथ माध्यमिक बिद्यालउ ब्रहमदेवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. दिप पोख्रेल सहितको टिमले सेवा दिएको थियो ।
शिविरमा हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, पित्तथैलीको पत्थरी लगायत विभिन्न शारीरिक समस्याहरूको निःशुल्क परीक्षण, आवश्यक परामर्श तथा सर्जरीको सुविधा प्रदान गरिएको अस्पतालका निर्देशक लोकराज भट्टले बताए । शिविरमा १०० भन्दा बढी बिरामीहरूलाई सर्जरीसम्बन्धी सेवा प्रदान गरिएको छ । यसले दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यलाई सफलतापूर्वक पूरा गरेको उनको भनाई छ ।
नोभा अस्पताले यस स्वास्थ्य शिविरमा सहयोग गर्ने स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति, र सबै स्वास्थ्यकर्मीहरूलाइ धन्यवाद दिदै भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिएको छ ।