धनगढी । पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । शनिवार विहान एकसय वर्ष तीन महिनाको उमेरमा उनको निधन भएको हो ।
विक्रम सम्वत १९८१ असोज दशै टिकाको दिन अछामको रिडिकोट हाल साफेवगर नगरपालिका–७ मा जन्मनु भएका शाह बूढानीलकण्ठस्थित छोराहरुसँग बस्दै आउनु भएको थिए ।
नेपाली कांग्रेसको यौद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी हुनुहुन्थ्यो । कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलासखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उनले नेतृत्व गरेका थिए ।
वयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लाग्नु भएका थियो । कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका एक श्रीमती, पाँच छोरा र पाँच छोरी छन् ।
साइला छोरा गोविन्दबहादुर शाह अछामको पूर्व सांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् । भने साइला छोरा राजेन्द्रबहादुर शाह उद्योग व्यवसायी एवं समाजसेवी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामको सचिव छन् । जेठो छोरा मोहनबहादुर शाह अवकास प्राप्त राष्ट्रसेवक हुन् ।