धनगढी: भारतको पलियामा नेपाली पत्रकारहरुलाई स्वागत तथा सम्मान गरिएको छ । लखिमपुर जिल्लाका पत्रकार तथा ब्यापारी एवं समाजसेवीले नेपाल पत्रकार महासघं कैलालीको नव निर्वाचित कार्यसमितिलाई सम्मान तथा स्वागत गरेको हो । भारत पलियाका बरिष्ठ पत्रकार जय कुमार गुप्ता, समाजसेवी तथा भारतिय जनता पार्टीका नेता रबी गुप्ता लगायतले पत्रकार महासघंको नव निर्वाचित टिमले सम्मान तथा स्वागत गरेको हो ।
पलियामा एक कार्यक्रमको आयोजना गरी माला, दोसल्ला तथा मायाको चिनो सहित नेपाली पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै पलियाका बरिष्ठ पत्रकार जय कुमार गुप्ताले त्रेता युगदेखीको नेपाल भारत सम्बन्ध रहेकाले पत्रकारिता क्षेत्रबाट यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । नेपाल भारत रोटी बेटीको सम्बन्ध भएका कारण सञ्चार माध्यमले यो सम्बन्ध मजबुत बनाउन भुमिका खेल्नुपर्ने उनको भनाई छ । उनले भारतिय पर्यटकहरुलाई नेपाल आवागमनमा सहज बनाउन पहल गर्नुपर्ने बताए । भन्सारमा सहज वातावरण बनाए नेपालमा भारतिय पर्यटकहरु धेरे बढ्ने उनले बताए ।
भारतिय जनता पार्टीका नेता एवं पलियाका समाजसेवी रबी गुप्ताले भारत र नेपालका सञ्चारकर्मीको सम्बन्ध बढाउन यो कार्यक्रम आयोजना गरिएको बताए । थुपै्र परिवर्तन देखी बिकासका क्षेत्रमा सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहेका कारण नेपाल तथा भारतका नाकामा पनि सहज बनाउन सञ्चार माध्यमले भुमिका खेल्नुपर्ने उनको भनाई छ । नाकामा प्रहरीबाट समस्या आउँछ, गाडी भन्सार वारी राख्नुपर्छ उनले भने “नाकामा सहज बनाइदिए भारतका पर्यटक गोदावरी, चिसापानी, महेन्द्रनगर तथा सुदुरपश्चिमका पहाडी जिल्लामा समेत जाने थिए, तर भन्सार र प्रसासनिक समस्याले पर्यटक बढेका छैनन्, पहिलाको तुलनामा धेरै सहज भएपनि पुर्ण रुपमा सहज भएको छैन, यो सहजताका लागीपनि सञ्चार माध्यमले भुमिका खेल्नुपर्छ ।”
गुप्ताले नेपाल र भारतिय सिमामा आउने समस्यालाई सञ्चार माध्यमले सहजै समस्या समाधान गर्ने खालको भुमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले यस कार्यक्रमबाट नेपाल र भारतका पत्रकारहरुबिच परिचय गर्ने अवशर मिलेको बताए । दुवै देशका सञ्चारकर्मीले आ आफ्नो भुमिका निर्बाह गर्नुका साथै सिमा क्षेत्रमा आउने समस्या हल गर्न समेत भुमिका खेल्नुपर्ने उनको भनाई थियो । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै देउवाले सुदुरपश्चिममा घुम्ने थुपै्र ठाउँ भएका कारण परिवार सहित सुदुरपश्चिम आउन भारतिय पर्यटकहरुलाई आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासघं कैलालीको कार्यसमिति, महासघं सुदुरपशिचम प्रदेश समिति सदस्य कृत बिष्ट, प्रेस युनियन कैलाली अध्यक्ष सिताराम ओझा, रमा चन्द लगायत पत्रकार सहभागी थिए । भारतका तर्फबाट पत्रकार तथा बिभिन्न समाजसेवी सहभागी थिए ।