धनगढी: गृहमन्त्री रमेश लेखक सुदुरपश्चिम पुगेका छन् । बिहिबार काठमाण्डौँबाट गृहमन्त्री लेखक धनगढी बिमानस्थलमा ओर्लिएका हुन् । धनगढी बिमानसथलमा लेखकलाई नेपाली काग्रेंसका नेता कार्यक्रता तथा शुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । लेखक गृहजिल्ला कञ्चनपुर पुगेका छन् । कञ्चनपुरका बिभिन्न कार्यक्रममा उनि सहभागी हुने जनाइएको छ ।
बिमानस्थलबाट सिधै गृहजिल्ला कञ्चनपुर हिनेका गृहमन्त्री लेखकले भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाम दर्शन गरेका छन् । धाम दर्शनपछि धनगढी फर्केर बिहीबार धनगढीमै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री लेखक शुक्रबार फेरि कञ्चनपुर जाने छन् । त्यहाँ मन्त्री लेखक एनप्याब्सनको कार्यक्रममा सहभागी हुने छन् । शुक्रबार नै नेपाली काँग्रेस कञ्चनपुरले पार्टी कार्यालयमा आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा पनि मन्त्री लेखक सहभागी हुने उनको सचिवालयले जनाएको छ । उनी शनिबार काठमाडौं फर्किने छन् ।