धनगढीः कैलालीमा प्रतिबन्धित औषधीसहित क्लिनिक सञ्चालकलाई पक्राउ गरिएको छ।
बुधवार गौरीगंगा नगरपालिका–६ बस्ने ४५ वर्षीय हेमराज सुवेदीलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए। सुवेदीले सञ्चालन गरेको खेमलता क्लिनिकमा खानतलासी गर्दा प्रतिबन्धित औषध ९४८ ट्याबलेट पेगारोन र ४३ ट्याबल्ट लोमुज कम्पनी पिजीएबी बरामद गरिएको छ। सुवेदीलाई आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभागमा बुझाइएको प्रहरीले जनाएको छ।