धनगढी । कैलालीबाट प्रहरीले लागू औषध मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको लागू औषध खैरो हेरोइन मुद्दामा कैद सजाय र जरिवाना तोकेका २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – ७ मनेहराका २८ वर्षीय संजित राना र १ महिना कैद सजाय तोकिएका टीकापुर नगरपालिका – १ ब्लक नम्बर १४ का २६ वर्षीय डायमण्ड विक्रम शाह रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
चोरी मुद्दामा एक जना पक्राउ
यस्तैबिच कञ्चनपुरबाट प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कञ्चनपुरले २०७६ असार १५ गते चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकेका बेदकोट नगरपालिका – ९ सुन्दरपुरका २५ वर्षीय भरत बहादुर बिष्ट पक्राउ परेका हुन ।
कैलालीबाट लागू औषध मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ
कैलालीबाट लागू औषध मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु