बैतडी–बैतडी एक युवकको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा बस्दै आएका सुर्नया–७ पत्थरकोटका अन्दाजी ४५ बर्षीय हिक्मत लुहारको मृत्यु भएको हो ।
परिवारसहित बेंगलोरमा बस्दै आएका लुहारको सोमबार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । एक्कासी बिरामी भएका लुहारको मृत्यु भएको बताइएको छ । मृतक लुहारका श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् । रोजगारी गर्दै आएका लुहारको मृत्यु भएपछि उनको परिवारको विचल्ली भएको छ ।