धनगढी: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अन्यत्र भन्दा गेटामा मेडिकल बिश्वबिद्यालय बनाउन सहज रहेको बताएका छन् । धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले सबै संरचना तयार भएका कारण गेटामै बिश्वबिद्यालय बनाउन सहज रहेको बताएका हुन् । एउटा मेडिकल बिश्व.िबद्यालय आवश्यक नै छ उनले भने “गेटामा राज्यको अरबौँ लगानी लागिसकेको छ, यति धेरै भौतिक संरचना तयार छन्, यि संरचनालाई प्रयोगमा ल्याउनुपर्छ र गेटामै सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापना गरिन्छ, त्यस अघी ३ सय शैयााको अस्पताल तथा मेडिकल शिक्षा पढाई शुरु गर्नुपर्छ ।”
गेटामा पुर्वाधार ब्यवस्थित रहेको मन्त्री पौडेलले बताए । बिश्वबिद्यालय स्थापनाका लागी समितिमा छलफल भइरहेको छ, आगामी अधिवेशनमा सो ऐनले ससंद प्रवेश पाउँछ मन्त्री पौडेलले भने “सबै राजनितिक दल र सांसदहरु गेटामा बिश्वबिद्यालय स्थापना गर्नुपर्छ भन्नेमै हुनुहुन्छ त्यस कारण ससंदबाट सहजै पास हुन्छ र बिश्वबिद्यालय स्थापनाको प्रक्रिया अगाडी बढ्छ ।” पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरे । अस्पताल तत्काल ३ सय बेड चलाउन सकिन्छm यसैमा एम बिबि एस पढाउन सकिन्छ, बिषेश परिस्थीती बनाएर ३ बर्ष नहुँदै प्रतिस्ठान बनाएर मेडिकल पढाई शुरु गर्न सकिन्छ, आगामी असारदेखी पढाई शुुरु गर्नुपर्छ । उनले भने “विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि पढाइन्छ, पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ ।”
उहाँले अस्पताल, मेडिकल कलेज सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताए । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उनले जानकारी दिनुभयो । “यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्,” उनले भने । मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिए ।
मन्त्री पौडेलले धनगढीको सेती प्रादेशिक अस्पतालमा छुट्टै सिकलसेल एनेमिया रोगको उपचार कक्ष स्थापनाका लागी निर्देशन दिएको बताए । गेटा सगैं सेती अस्पतालकोपनि बिकास उत्तिकै महत्वपुर्ण छ मन्त्री पौडेलले भने “सेतीमा भौतिक संरचनाका लागी आगामी बर्ष बजेट बिनियोजन गरिने छ, यसलाई केन्द्र र प्रदेश मिलेर बिकास गरिनुपर्छ, यसका साथै पहाडी जिल्लाका अस्पताल स्तरोन्नती, सेवा बिस्तार लगायतका काममा सरकार लाग्ने छ ।”