धनगढी: शारदा क्रीकेट लिग सुदुरपश्चिम प्रदेश स्तरीय सिनियर क्रीकेट प्रतियोगिता आगामी चैत्रमा हुने भएको छ। नेपालको पहिलो फेन्टासी एप टिम ११को मुख्य प्रायोजन र शारदा विद्या निकेतन गोदावरी ८ स्याउले बजार कैलालीको आयोजनामा प्रतियोगिता हुनलागेको हो।प्रतियोगितामा कुल १२ सिनियर क्रीकेट टिमको सहभागिता रहनेछ।प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा संचालन हुनेछ।
प्रतियोगितामा बिजेता, उपबिजेता, सर्बोत्कृष्ट र उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
सुदुरपश्चिम् प्रदेशमा क्रीकेटको माहोल तताईराख्न यो प्रतियोगिता संचालन हुन गइरहेको शारदा विद्या निकेतनका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले बताउनुभयो। प्रतियोगिता निर्देशक एवं शारदा विद्या निकेतनका संयोजक कृष्ण पुजाराका अनुसार प्रतियोगिताले सुदुरपश्चिम प्रदेशको क्रीकेट बिकासमा टेवा पुग्नेछ।