धनगढी । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुदूरपश्चिमका पूर्वमन्त्री रमेशसिंह धामीले काठमाण्डौँमा जारी पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राखेका छन् । मंगलबार बैठकमा धारणा राख्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समर्थन जनाए ।
बैठकमा बोल्दै धामीले भने ‘अध्यक्ष कमरेड प्रचण्डले एउटा महत्वपूर्ण कार्यक्रममा नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई ब्रुजुवा होइन समाजवादी गण्तन्त्रमा रुपान्तरण गर्नुहुन्छ भन्ने मैले सोच लिएको थिए । आज त्यो प्रतिवेदनमा उल्लेख भएको छ । त्यसैले राजनीतिक प्रतिवेदनका सम्पूर्ण बिषयबस्तुमा मेरो समर्थन छ ।’
उनले भने ‘यो प्रतिवेदनलाई कार्यान्वयनमा गर्नका लागि सबैले एक चोटी अध्यक्षको आखामा आँखा जुधाएर सबै प्रतिवद्ध भएर अगाडि बढ्नु पर्ने हुन्छ । अध्यक्षमात्रै नभएर सबैको काँधमा जिम्मेवारी छ ।’ उनले आगामी निर्वाचनमा दुई तिहाइ ल्याउने संकल्प लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।