धनगढी: धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको बेला आधारभुत बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मंसिर १५ गतेबाट शुरु गरेको अभियानलाई निरन्तरता दिदै सेमबार धनगढी ११ बेलामा रहेको बेला आधारभुत बिद्यालयका १ सय २० जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । यस अभियान अन्तर्गत चिसो मौसममा कसैलेपनि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले बेला आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई स्वूटर र टोपी वितरण गरेको भट्टले बताए । गाउँमा रहेका अति बिपन्न ब्यक्ती र आश्रित बालबालिका तथा बिपन्न बिद्यार्थी पढ्ने बिद्यालय हरुमा न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
यस अघी भट्टले ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को भगवती आधारभुत बिद्यालयमा अध्यायनरत ५० बिद्यार्थीहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिएको थियो । बिद्यालयले छनौट गरेका बिपन्न बिद्यार्थीहरुलाई सो समान उपलब्ध गराएको थियो । यसका साथै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को शिव पावर्ती आधारभुत बिद्यालयमा अध्यायनरत ६० जना बालबालिकाहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिसकेको छ । यसका साथै आमाको माया छात्रबासमा कम्बल सहयोग गरिएको थियो ।
यस अभियानमा बिभिन्न ब्यवसायी तथा समाजसेवी जोडिने क्रम जारी छ । जसबाट न्यानो लुगा बिना हिउँद काट्नुपर्ने बाध्यताका बालबालिकालाई राहत पुगेको छ । सो अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित निङ्लासैनी बिद्यापिठमा अध्यायनरत बटुकहरुलाई सिरक वितरण गरिएको थियो । यसका साथै धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को बेहडाबाबा आधारभुत बिद्यालयका १ सय ३७ जना बिद्यार्थीहरुलाई टोपी र स्वूटर वितरण गरिएको थियो । यस्तै दृष्ठी फाउण्डेशन लगायत समस्यामा परेका बिभिन्न नागरिकलाई सिरक वितरण गरिसकेको छ । आगामी दिनमा यो अभियान निरन्तर चल्ने जनाइएको छ ।