धनगढीः डडेल्धुरा जिल्लाको अजमेरु गाउँपालिका९१ मा रहेको एतिहासिक मन्दिर कोला समौजीमा १२५ किलोग्रामको दाइन (दमाह) चढाइएको छ।
आज पुइलेकबाट उक्त दाइन (दमाह) को पुजा गरी १२ गाउँका करिब ६८ जना सर्वसाधारणले बाजागाजा सहित मन्दिर पुर्याएका हुन्। सुदुरपश्चिम मै पहिलो पटक ठूलो दाइन ९दमाह० चढाइएको पूजारी पण्डित देवराज भट्टले बताए । दाइन ९दमाह० मन्दिर परिसरमा राखेपछि सर्वसाधारण पनि खुशी देखिएका छन्। ५ फिट ५ इन्च उचाइ र ४ फिट ६ इन्च चौडाइ भएको १२५ किलोग्रामको दाइन ९दमाह० समाजसेवी भक्त बहादुर भण्डारीले चढाएका हुन्।