डोटी — बोगटान फूडसिल गाउँपालिका- ३ का वडाध्यक्ष कृष्णबहादुर बमलाई नचिन्ने को होला र रु नचिनून् पनि किन, उनको परिचय नै बेग्लै छ । आफूसँगै निर्वाचित वडाध्यक्षहरू मोटरसाइकलमा हुइँकिएर कार्यालय जाँदा कृष्णबहादुर भने हरेक दिन घोडा चढेरै कार्यालय पुग्छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू चारपांग्रे गाडीदेखि मोटरसाइकलमा हुइँकिँदा ४० वर्षीय कृष्ण भने घोडा चढेर कार्यालय धाइरहेका छन् । सडक नपुगेको समयमा उनको गाउँको मुख्य साधन भनेकै घोडा र खच्चर थियो । उनले सुनाए, ‘अहिले पनि सबै गाउँठाउँमा सडक पुगेको छैन । घोडा चढ्ने भएकाले उकाली, ओराली र सडक नभएको ठाउँमा पनि जनता भेट्न सहज भएको छ ।’
कृष्णको अनुभवमा वातावरणमैत्री भए पनि अहिलेको समयमा घोडा चढ्नु सस्तो भने छैन । उनले घोडा चढ्दा मोटरसाइकल चढ्दा भन्दा धेरै खर्च हुने बताए । उनले भने, ‘स्याहारसुसार र नियमित दाना गरेर महिनामै ८र१० हजार खर्च हुन्छ ।’ छन् त कृष्णको घरमा बोलेरो जिप, डोजर र ट्याक्टर पनि छ । आर्थिक रूपमा गाडी नै चढ्ने हैसियतका भए पनि उनले भने परम्परालाई पछ्याउन मन लाग्ने भएकाले आफूले घोडा चढेको बताउँछन् । उनले सुनाए, ‘नयाँ मान्छेलाई घोडा चढ्दा शरीर असन्तुलन भएर ढाड र जीउ दुख्ने हुन सक्छ । तर मलाई त बानी परिसकेको छ ।’कान्तिपुरबाट