धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । शुुक्रबार पक्राउ गरिएका शाहीलाई विमानमार्फत धनगढी ल्याइएको छ । बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो । अभियुुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
तर मुुद्दाको अन्तिम फैसला हुन भने सकेको छैन । उक्त मुद्दामा पटक–पटक पेशी तोकिएपनि हालसम्म अन्तिम सुनवाई हुुन सकेको छैन ।