धनगढी । हिजो देखि कैलालीमा बाक्लो हुस्सु लाग्न थालेपछि चिसो बढ्नुका साथै जनजिवन प्रभावित भएको छ । साझ र विहान पख बाक्लो हुस्सु लाग्ने गरेका कारण यातायत आवतजावतमा समस्या भईरहेको छ । कैलालीमा चिसो बढेसंगै बालवालिका र वृद्धावृद्ध बढी चिसोको मारमा परेका छन् । त्यस्तै गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको भएपनि आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।