धनगढी: नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिव रण बहादुर चन्दले पार्टी पुर्व उपाध्यक्ष भिम रावलले पार्टी खोले उहाँसगं एमालेका इमान्दार कार्यक्रता नजाने बताएका छन् । स्टेट सेभेनसगं कुरा गर्दै सचिव चन्दले लामो समय एमालेका लागी काम गरेका र एमालेमै भविश्य देखेका लाखौँ कार्यक्रता कुनै ब्यक्तीकै पछाडी नलाग्ने बताएका हुन् । भिम रावल हिजो पार्टी महादिवेशनमा अध्यक्ष लड्नुभो र पराजित हुनुभयो, कार्यक्रताले अहिलेको समयमा पार्टी नेतृत्व केपी ओलीलेनै चलाउन सक्नुहुन्छ भनेर उहाँलाई जिम्मा दिनुभयो चन्दले भने “रावल पराजित भइसकेपछि पार्टीको निति बिधि अगिंकार गरेर जानुपर्नेमा निरन्तर त्यसका बिरुद्ध जानुभयो, चुनावमा समेत कार्यक्रताका बिचमा स्वबिवेक प्रयोग गर्नुस भनेर भन्नुभयो, मलाई याद छैन उहाँ यो पार्टी कार्यालयमा आउनुभएको, त्यस पछि केन्द्रिय पार्टी कार्यालयमा पनि उहाँ जानुभएको छैन, उहाँले नेतृत्वसगं पनि भेट्नुभएन, ठाउँ ठाउँमा कोठे बैठक गर्नुभयो तर पार्टीका कुनै बैठक, कार्यक्रममा सहभागी हुनुभएन ।”
आधिकारिक रुपमा पार्टी कार्यालयमा आएर पार्टीले दिएको जिम्मेवारी लिनुपर्ने भएपनि रावलले त्यसो नगरी पार्टीको बिधि बिपरित अभिब्यक्ती मात्रै दिएको चन्द बताउँछन् । उहाँ पार्टीमा क्रियाशिल हुनुभएन, पार्टी नेतृत्वलाई स्वूकार गर्नुभएन चन्दले भने “पार्टीका निर्णय देखी निति सम्म उहाँले स्वूकार गर्नुभएन, त्यस कारण पार्टीमा उहाँलाई बस्ने इच्छानै थिएन लाग्छ, पार्टीमा बस्ने मन भएको भए पार्टी नेतृत्व सगं बस्नुपर्ने, पार्टीका बिधि मान्नुपर्ने त्यसै कारण उहाँ कार्वाहीमा पर्नुभयो, कार्वाही पछि कुनै ब्यक्तीका पछाडी पार्टी कार्यक्रता लाग्छन भन्ने मलाई बिश्वास लाग्दैन ।”
सुदुरपश्चिममा पार्टी बाहिरका शक्तीहरुले वास्तविकता नबुझेर भिम रावललाई अन्याय भयो भन्नु गलत रहेको चन्द बताउछन् । भिम रावलले पार्टीमा रहँदा के कस्ता गतिबिधि गर्नुभयो त्यो बुझ्न आवश्यक छ उनले भने “पार्टीको निर्णय, नेतृत्व र बिधिलाई मानेकी मानेनन् त्यो महत्वपुर्ण कुरा हो नी, उहाँ नेतृत्वमा हुँदा अनुशासनको पाठ सिकाउने अनी आफु अनुशासन नमान्ने भन्ने हुन्छ त त्यस कारण उहाँलाई कार्वाही गरिनु जायज थियो, उहाँ बाहिर हुँदैमा सुदुरपश्चिममै पार्टीलाई ठुलो धक्का लाग्छ भन्ने मित्थ्या कुरा हो केही फरक पर्दैन ।” ९ वटै जिल्लामा केही रुस्ट भएका साथीहरु जालान तर जिम्मेवार मान्छे एमाले पार्टी छोडेर भिम रावलका पछि नजाने उनको भनाई छ । उनले कसैको उक्साहटमा पार्टी बिरुद्ध नजान समेत सबै कार्यक्रतालाई आग्रह गरे ।