धनगढी । धनगढीमा विगत चार वर्षदेखि मट्का चियाले प्रसिद्ध चियाकफी दरबारले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ। तेस्रो शाखा विस्तार गर्दै ग्राहकको माग र आवश्यकतालाई परिपूर्ति गर्नको लागि चिया कफी दरबारले धनगढीको मुख्य व्यावसायिक क्षेत्र एलनचोकमा शाखा विस्तार गरेको चिया कफी दरबारका परिकल्पनाकार खेमराज जोशीले जानकारी दिए।
चार वर्षअघि मालपोत रोडमा देश कोरोनासँग जुधिरहेको बेला निजामती कर्मचारी खेमराज जोशीले चिया कफी दरबारको कल्पना गरी उद्घाटन गरेका थिए। त्यसैगरी एक वर्ष अगाडि मात्रै धनगढीकै रातो पुलमा चिया कफी दरबारको शाखा विस्तार गरे यसरी निरन्तर ग्राहकको मन जित्न सफल भएको चियाकफी दरबारले आज एलनचोकमा समेत मट्का चिया ,रैथाने स्थानीय परिकार निसौंसे, कोदाको रोटी, मकैको रोटी, ताजा जोराइली चामलको भात लगायतका परिकारलाई प्रवद्र्धन गर्दै आएको छ। स्वस्थ जीवनका लागि पोषणयुक्त नास्ता भन्दै ग्राहकहरूको मन लोभ्याउन चिया कफी दरबार सफल भएको छ।