धनगढी: सुदुरपश्चिम प्रदेश निति तथा योजना आयोगको उपाध्यक्षमा डा.जिवन राना नियुक्त भएकि छिन् । सुदुरपश्चिम प्रदेश मन्त्रीपरिषदको बैठकले रानालाई उपाध्यक्ष नियुक्त गरेको हो । राना नेपाली काग्रेंसकी केन्द्रिय सदस्य हुन् । यस अघी दीर्घ सोडारी नेतृत्वको सरकारले नियुक्त गरेका गणेस बिश्वकर्माले उपाध्यक्षबाट राजिनामा दिएका थिए । उनको राजिनामा स्वूकृत पछि प्रदेशको मन्त्रीपरिषद बैठकले रानालाई नियुक्त गरेको हो ।
आयोगको सदस्यहरुमा भने डा. हिरा चन्द र शेर बहादुर भण्डारी नियुक्त भएका छन् । चन्द एमाले र भण्डारी काग्रेंसको सिफारिशमा सदस्य नियुक्त भएका हुन् । उपाध्यक्ष रानाले मुख्यमन्त्री कमल बहादुर शाहबाट पद तथा गोपनियताको सपथ लिएकि छिन् । लगत्तै उपाध्यक्ष रानाले सदस्यद्वयलाई सपथ खुवाएकि हुन् ।