धनगढी: नेकपा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले भिम रावलले नयाँ पार्टी खोले सुदुरपश्चिममा त्यति ठुलो प्रभाव नपर्ने बताएका छन् । स्टेटसेभेन सगं कुरा गर्दैै जैशीले कोही आफन्त, नाता गोता र नजिकका मान्छ, पद नपाएका, अशन्तुस्ट भएकाहरु गएपनि त्यो उहाँहरुलेनै धोका हुने बताएका हुन् । भिम रावल सगंको सहयात्रा मेरो २०४७ सालदेखी भएको हो जैशीले भने “एउटै निर्वाचन क्षेत्र र जिल्लापनि एउटै हो, त्यही कारण आफु पछि हटेरपनि उहाँलाई बिभिन्न पदमा सांसद, मन्त्री, उप प्रधानमन्त्री देखी पार्टी उपाध्यक्ष बनाउन सघाए, केन्द्रिय कमिटि सदस्य हुँदा पनि म हार्दा समेत उनले जितुन भनेर स्थापित नेता बनाएको हो ।
तर कम्युनिस्ट पार्टीको औचित्य छैन अब गैर कम्युनिस्ट पार्टी बनाउनुपर्छ, देश भक्तीका लागी उत्पात मच्चाएर यो देश काका पुगाइदिन्छु भन्छन् उनले भने “त्यो मान्छेले पत्याएका छैनन्, कत्तिको जालान पार्टीमा त घाटा होला, अघिल्लो चुनावमै उहाँले घाटा त गरिसक्नुभयो, त्यो चुनावमा उहाँले खटिएको भए हामीलाई केही सफलता मिल्थ्यो होला, तर अब चाहीँ के लाग्छ भने हिजो बाबुराम भट्टराइले पनि त्यस्तै कुरा गर्थे, उहाँका पछि लागेन मान्छे, अब यहाँपनि कोही मान्छे लाग्लान, एउटा चुनाव घाटा होला तर त्यस्तो ठुलो घाटा हुने र रावल जि तिर गएकाहरुलाई दिगो रुपमा फाइदा होला भन्ने मलाई लाग्दैन ।”
हिजो उहाँबाट फाइदा लिएकाहरु, नातागोता, नजिकका मान्छे उहाँसगं गएपनि बुझ्न समय लाग्छ, त्यसको अशर त पर्छ, तर सबै जिल्लामा पर्र्दैन उनले भने “अब दार्चुलामा उहाँ सगं को जान्छ, डोटीमा हिजो टिकट लिनलाई उहाँ सगं देखिएपनि अब किन जान्छन् मान्छेहरु आफ्नो भविश्य दाउमा राखेर, त्यस कारण केही अशर पर्ला तर ठुलो अशर पर्दैन, उहाँ यत्रो समयसम्म निस्ठावान भएर त्यही सिद्धान्तमा बस्ने अरुलाई अनुशासनको डण्डा बजाउने तर अहिले आफै अर्कै बाटो जाँदा धेरै पछि लाग्दैनन् ।” कार्वाही पछि रावलले पुनराबेदन गर्नुपर्ने अध्यक्ष जैशीको भनाई छ । पार्टी भित्र रहे फेरी काम गर्ने अवशर पाइने ठाउँ रहेपनि पार्टी, सिद्धान्तनै छोडेर अर्कै तिर लागेपछि अरुका लागी कागलाई बेल पाक्यो न हर्ष, न बिस्मात हुने उनि बताउछन् ।