धनगढी: कैलालीका पत्रकारहरुको बिमा गरिने भएको छ । गत मंसिर २८ गतेको निर्वाचनबाट निर्वाचित पत्रकार महासघं कैलालीको पहिलो बैठकले कैलालीका सक्रिय पत्रकारहरुको बिमा गर्ने निर्णय गरेको हो । मिडिया हाउसबाट सिफारिश भएका सक्रिय पत्रकारहरुको दुर्घटना तथा स्वास्थ्य बिमा गरिने अध्यक्ष श्रवण देउवाले जानकारी दिए । जिल्लामा रहेका पत्रकारहरु दुर्घटना हुँदा अथवा बिरामी पर्दा उपचारका लागी आर्थिक सहयोग अभियान समेत सञ्चालन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिमाले सहयोग पुग्ने उनको भनाई छ ।
यसका साथै पत्रकार महासघं कैलालीको पहिलो बैठकले महासघंको कार्यालयमा सुचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । धनगढी अथवा बाहिर रहेका पत्रकारहरुले स साना कामका लागी बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न कम्प्युटर तथा फोटोकपि मेशिन सहित इन्टरनेट रहने गरी सुचना केन्द्रको स्थापना गरिने अध्यक्ष देउवाले बताए । महासघंको पहिलो बैठकलेनै कैलाली जिल्लामा रहेका पत्रकार र सञ्चार माध्यमको अभिलेखिकरण गर्ने निर्णय गरेको छ । त्यसका लागी पत्रकार महासघं कैलालीका सचिव तेजराज भट्ट सयोंजक रहने गरी सदस्य लोकु सिहं ठकुरी र सदस्य गगन अयडी सहित ३ सदस्यीय समिति बनाइएको छ ।
यस समितिले जिल्लामा रहेका श्रमजिबि पत्रकार र मिडिया सञ्चालकहरु सगं समन्वय गरी पत्रकार र मिडिया हाउसको अभिलेख तयार पार्ने सचिव तेजराज भट्टले जानकारी दिए । जसका कारण श्रमजिवि पत्रकारको हक हितका लागी काम गर्न पत्रकार महासघंलाई सहज हुनुका साथै आवश्यक परेका बेला कैलालीका पत्रकारको स्थिती र मिडिया हाउस बारे सहजै जानकारी उपलब्ध गराउन सकिने उनको भनाई छ ।
यस सगैं मंसिर २८ गते निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबै पत्रकार तथा मतदाता, निर्वाचन समिति, सुरक्षा निकाय सगैं सम्पुर्णलाई बैठकले धन्यवाद दिएको छ । आगामी दिनमा पत्रकार महासघं पत्रकारको हकहितका लागी सधैँ काम गर्ने अध्यक्ष श्रवण देउवाले बताए । सबै पत्रकारहरुलाई पत्रकार आचार संहितामा रहेर मात्रै समाचार प्रकाशन तथा प्रशारण गर्न उनले आग्रह गरे ।