कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका-१ पुलबाट भीमदत्त नगरपालिका-१८ बस्ने देव चौधरी र भीमदत्त नगरपालिका-१० बस्ने बिमल बिस्ट पक्राउ परेका हुन्।
दुबै जनालाई १ दश्मलव ८८ ग्राम खैरोहेरोईनसहित अस्थायी प्रहरी बिट झोलुङगे र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको सयुक्त प्रहरी टोलीले मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए।