धनगढी: सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवाले धनगढीमा गरिएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने बताउनु भएको छ । आज धनगढीमा नवौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ के समापन गर्दै पुर्वमन्त्री देउवाले महोत्सवले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन महत्वपुर्ण टेउवा पुराउने बताउनु भएको हो । उहाँले शैक्षिक महोत्सवले शिक्षा क्षेत्रलाई सुचनामैत्री र समय सुहाउँदो बनाउनका लागि कोसेढुंगा साविक भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि नयाँ व्यवस्था आवश्यक रहेको दावी गर्नुभयो । उहाँले कैलाली क्षेत्र नम्बर ५ को विकासका लागि आफु सधैं लागिरहेको र यसक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सकियो, एक लाख बढी दर्शकद्धारा अवलोकन
धनगढीमा भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सकिएको छ । १४ बर्षपछि धनगढीमा भएको शैक्षिक महोत्सव पुस ९ गतेदेखि सुरु भएको शैक्षिक महोत्सव सकिएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा सम्पन्न समापन समारोहका प्रमसख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा रहनु भएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै औपचारिक रुपमा समापन गरिएको हो ।
सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्बन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेका थिए । महोत्सवलाई एक लाख बढी दर्शकले अवलोकन गरेका छन् ।