धनगढी । नागरिक समाजले कैलालीको गेटामा घोषणा गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सुचारु गर्न माग गरेको छ ।
सोमबार विश्वविद्यालयको प्राङ्गणमा दबाब तथा ध्यानाकर्षण कार्यक्रम गर्दै समाजले मेडिकल विश्वविद्यालय शीघ्र सुचारु गर्न माग गरेको हो । नागरिक समाजले करिब २ घण्टा विश्वविद्यालयको प्राङ्गणमा उभिएर मेडिकल विश्वविद्यालय विधेयक द्रुत गतिमा पारित गर, मेडिकल कक्षा शीघ्र सञ्चालन गर लेखिएको ब्यानर टाँसेर सरकारको ध्यानाकर्षण गरेको थियो ।
यसबिच अनौपचारिक रूपमा सञ्चालित कार्यक्रममा तत्कालीन गेटा मेडिकल कलेजका पूर्वाधार विकास समितिकाका पूर्व निर्देशक हेमराज पुजारा, नागरिक सामाजका, राजेन्द्र वीर चन्द, डिल्ली राज जोशी, तीर्थ राज ओझा ९गड्सेरा माइला० र प्रेम राज भण्डारीले आफ्ना धारणा राखेका थिए ।