धनगढी । सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । यो सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो । आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।
यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ ।
कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ ।