धनगढी । अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्युु भएको छ भने परिवारका अन्य तीन जना बिरामी भएका छन् । कमलबजार नगरपालिका(३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।उनकाअनुसार कुखुराको मासु खाने मृतककि हजुरआमा ७० वर्षीय नाम बिक, उनकि १४ वर्षीय नातिनी सीता बिक र नाती ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दुस्ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियोे ।
मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् । घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।