बाजुरा । बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बस्न बाध्य छन् । लगातार तीन वर्षसम्म गएका भूकम्पले घर चर्किएका छन् । त्यही घरमा बस्न उनीहरू बाध्य छन् । पछिल्लो भूकम्प पुस ६ गते गएको थियो ।
भूकम्पले घर चर्किएर जोखिममा परेको भए पनि उनीहरूलाई अहिलेसम्म कुनै वैकल्पिक आवासको व्यवस्था नभएपछि त्यही घरमा बस्न बाध्य भएका हुन् । पहिला गएको भूकम्पले चर्किएको घर अहिले त्यसैमा फेरि चिरा चिरा परेको छ । बाहिर चिसो भएपछि अहिले यसै चर्किएको घरमा बस्न बाध्य भएको जगन्नाथ गाउँपालिका–५ का गइकला दमाईले बताइन् । उनले भनिन्, “भूकम्पले घर चर्किएको भए पनि आफूसँग अन्य केही व्यवस्था नहुँदा यसै घरमा बास बस्ने गरेकी छु ।
बाहिर बसौँ चिसो छ । भित्र बसौँ फेरि भूकम्प आएर च्यापिने चिन्ता छ । अन्त जाऊँ कतै ठाउँ छैन ।” बाहिर चिसो भएकाले ज्यान जोखिममा राखेर यसै घरमा बास बस्न बाध्य भएको दमाईले बताउनुभयो । गौमूल, हिमाली, बुढीगङ्गा, बडीमालिकालगायतका अधिकांश घर २०७९ माघ १० गतेको भूकम्पले चिरा चिरा पा¥यो । अहिले फेरि यही पुस ६ गते गएको भूकम्पले जगन्नाथ गाउँपालिकामा झन्डै १२३ घर जोखिममा रहेका छन् ।