धनगढी: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेर उनको स्वास्थ्य लाभको कामना गरेकि छन् । धनगढीस्थित हमालको निजी निवासमा पुगेर उनले स्वास्थ्य लाभको कामना गर्नुभएको हो । सो क्रममा नगर प्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकि हुन् ।
परराष्ट्रमन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले जानकारी दिए । केही दिनअघि स्वास्थ्य समस्या आएपछि भारतको दिल्लीस्थित एक अस्पतालमा उपचार पश्चात नगर प्रमुख हमाल हाल घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् ।