धनगढी । १३ दिनको अवधिमा पश्चिम नेपालमा सात पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।
सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३ । ७ म्याग्नेच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४।३, पुस ३ गते बझाङको धामेना मै ४।१ म्याग्नेच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ गते मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४।७ म्याग्नेच्यूडको भूकम्प गएको थियो।
पुस ६ गते बाजुरामा ५।२ म्याग्नेच्यूडको भूकम्प जाँदा पुस ९ गते ९स्२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४।२ म्याग्नेच्यूडको भूकम्प गएको विभागले जनाएको छ।
विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३।७ म्याग्नेच्यूडको भूकम्प गएको हो। विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६।४ म्याग्नेच्यूडको भूकम्प गएको थियो।