धनगढी: परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार कैलालीको धनगढी आउने कार्यक्रम तय भएको छ । कैलालीको चिसापानीमा निर्माण हुन लागेको जाल्पादेवी केबुलकारको शिलान्यास गर्न उनि कैलाली आउन लागेको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
कैलालीको चिसापानीमा केबुलकार निर्माणका लागि हालसम्म १ हजार ८०० भन्दा बढी रुख कटान भइसकेको छ । २० बिघा जग्गा परियोजनाको नाममा दर्ता भइसकेको बताइएको छ । यो केबुलकार परियोजना नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको नेतृत्वमा निर्माण हुन लागेको हो ।
सात अर्वको लागानीमा निर्माण हुन लागेको जालपादेवी केबुलकारले धार्मिक पर्यटन प्रवर्धन गर्ने र क्षेत्रीय आर्थिक गतिविधिलाई बढावा दिन महत्वपूर्ण भुमिका खेल्ने लागानी कर्ता सूर्यबहादुर थापाले बताए। एक वर्षमा काम सम्पन्न गर्नेगरी निर्माण कार्य सुरु गरिएको थापाले जानकारी दिए।